सलमान खान नेपाल आउने पक्का

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, चैत २६

लिउड सुपरस्टार सलमान खान जेठ १२ गते नेपाल आउने भएका छन् । खानलाई जोधपुर कोर्टले धरौटीमा रिहा गरे लगत्तै उनको नेपाल दबंग टुरको मिति घोषणा गरिएको छ ।

केही दिन पहिला २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्धामा बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो । जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडीसी इन्टरनेशनललाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ ।

ओडीसी इन्टरटेनमेन्टलाई भारतको जेए इभेन्ट्से पत्र पठाउँदै २६ मे –जेठ १२ मा सलमान नेपाल आउने जानकारी गराएको हो । पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ ।

गत फागनु २६ मा नेपालमा आयोजना हुने भनिएको टुर विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले विरोध गरेपछि स्थगित भएको थियो । पत्रमा सलमानसँगै भारतीय कलाकार सोनाक्षी सिन्हा, प्रभु देवा, दिशा साहा, मनिष पल लगायत आउने भएका छन् ।