कविता: स्वागत नयाँ बर्षलाई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
अन्जना बिसुन्के

खुसिले भरिएका अन्गिन्ति सपना लिएर आउ
आनन्द ठाउँ को शितल बतास लिएर आऊ
यो संसारको अन्धो यात्राको भिडमा
ए नयाँ बर्ष तिमी नयाँ उज्यालोकाे किरण लिएर आउ।।

सम्पूर्ण नेपालीहरु माझ
मुस्कान को मल्हम लिएर आउ
यहाँ नयाँ चेतना को नौलो आवाज
खसेको छ
ए नयाँ बर्ष तिमी सम्बृद्धि लिएर आउ ।।

हरेक दिन यहाँ शाेषण मा परेका छन्
विकृति कुरिति तिर लम्किएका छन्
ए नयाँ बर्ष तिमी नेपालमा हराएको बुद्धको शान्ति
हरेक मान्छेको मनमनमा लिएर आउ ।।

यहाँ रात बाट भागेको निद्रा लिएर आउ
पुरा नभएका ति सपनाहरु लिएर आउ
घर्ती अाेछ्याई आकाश ओढेर सडकका
किनारमा सिउसिउ गरिरहेका छन्
तिम्रो आगमनको पहिलो किरणकाे पल कुरिरहेका छन्
हाे ए नयाँ बर्ष तिमी धेरै सिरकहरु लिएर आउ ।।

देश साम्राज्यबाट हराएको छ
सच्चा हृदयको शासक लिएर आउ
मनमा देश राखेर बाच्नेहरुको लागी
इज्जत को एउटा आसन लिएर आउ।
ए नयाँ बर्ष तिमीले देशमा
असल शासन लिएर आउ ।।

मनले मनलाई बुझ्ने आभाष लिएर आउ
भावनामा बगेका हृदयहरुमा
कहिल्यै नफुट्ने
ए नयाँ बर्ष, तिमी मनको बाध लिएर आउ।।

हामी बगाउँछौँ कलम बाट मसीहरु
तिमी उत्साहका अक्षर बनेर आउ
फुल फुलि रहन्छन्
तिमी बसन्त ऋतुमा पालुवा नाचेर
सुगन्ध लिएर अाउ ।।

हाे ए नयाँ बर्ष तिमीलाई स्वागत छ ।।

यो पहिलो नयाँ बर्ष साझमा
बसन्त ऋतुकाे मधुमास बनेर महकाउ।
खुशी,शान्ति,सम्बृद्धिकोअन्धकारमा मेराे देश
सुख,शान्ति,सुन्दर र सम्बृद्धिको दिप सल्काऊ।।

खुसिले भरिएका अन्गिन्ति सपना लिएर आउ
आनन्द ठाउँ को शितल बतास लिएर आऊ
यो संसारको अन्धो यात्राको भिडमा
ए नयाँ बर्ष तिमी नयाँ उज्यालोकाे किरण लिएर आउ।

 धन्यवाद

 लेखक; अन्जना बिसुन्के
भक्तपुर,सुर्यविनायक-5
सुझावकाे लागि [email protected]