भरैको दोश्रो गित यम र अञ्जु पन्त गाएपछि दयाहाङ र सुरक्षाको छमछमी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, चैत १४

आगामी जेठ १८ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच दयाहाङ राई र सुरक्षा पन्त फिचर ‘सनम माया ला’को’ गीत सार्वजनिक गर्‍यो ।निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम बराल र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री गज्जब जमेको देखिन्छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । निर्देशक बोहराकै लेखन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को दृश्य खिचेका छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको काम बनिष शाहले गरेका छन् ।  सूर्य थोकरको द्वन्द्व रहेको फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

भीडियो :