‘लिलिबिली’ को ‘हावासरि’ सार्वजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, चैत १३

चलचित्र ‘लिलिबिली’को तेस्रो गीत ‘हावासरि’ रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘हावासरि’ बोलको गीतमा एसडी योगीको संगीत रहेको छ। दीपेन्द्र घिमिरेको शब्द रहेको गीतमा संगीतकार योगी र मेनुका पौडेलको स्वर रहेको छ।

स्तानबुलको सुन्दर लोकेसनमा खिचिएको भिडियोमा नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की फिचरिङ छन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा प्रदीप र प्रियंकाको केमेष्ट्री जमेको देखिन्छ। प्रेमकथामा आधारित रहेर निर्माण भएको यस फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

चैत ३० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीप र प्रियंकासँगै जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रोष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सलगायतको पनि अभिनय छ। ‘काफिया फिल्म्स’, ‘सुदीप खड्का प्रोडक्सन’ र ‘चाम्स इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको पनि लगानी रहेको छ।

भीडियो: