रोबोट सोफियाको चाहना: अनमोलसँग ‘डेट’ र सगरमाथा आरोहण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, चैत ७

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । आज राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् । नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले बताउँदै उनले नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन् ।

साथै उनले नेपालका हिरो अनमोल केसीसँग भेट गर्न र सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न मन लागेको बताएकी छन् । मन्तव्य राख्दै उनले भनिन, ‘मलाई नेपालका हिरो अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले पटक–पटक दोहोर्याइरहीन् । सोफियाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इच्छा पनि व्यक्त गरेकी थिइन ।

उनी कार्यक्रममा सहभागी हुन हिजो काठमाडौं ओर्लिएकी थिइन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो  । मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो  ।रासस