मदर टेरेसाका १० प्रेरक भनार्इ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, चैत ४

मदर टेरेसाको जन्म सन् १९१० अगस्ट २६ मा अग्नेसे गोंकशे बोजशियुको नामबाट अबलेनीयाई परिवारमा उस्कुब, ओटोमन साम्राज्यमा भएको थियो । उनी रोमन क्याथोलिक थिइन् । उनीले सन् १९५० मा कोलकात्तामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । उनले गरीब, बिरामी, अनाथ र मर्न लागेका मानिसहरुलाई सहयोग गर्थिन ।
उनले आफूले गरेको कामबाट सन् १९७१ मा नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरिन् । उनले आफ्नो सम्पूर्ण जीवन मानव सेवामा समर्पित गरिन् । उनको मृत्यु सन् १९९७ सेप्टेम्बरमा भारतको कोलकात्तामा भएको थियो ।

उनका केही प्रेरक भनार्इहरुः
१) यो जीवन अरुको लागि होइन भने यो जीवन नै होइन ।
२) शान्ती मुस्कानबाट सुरवात हुन्छ ।
३) हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४) यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौं भने एक जनालाई खुवाउ ।
५) सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६) विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७) हामीसँग शान्ति छैन किनभने हामीले यो बिर्सियौं की हामी एक अर्काका लागि हौं ।
८) रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९) यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
१०) प्रेम सबैले टिप्नसक्ने सदाबहार फल हो ।