नेपाली कथानक चलचित्र ‘भिमसेन’ निर्माण हुने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, फागुन ३०

नेपाली कथानक चलचित्र ‘भिमसेन’ निर्माण हुने भएको छ । युवी फिल्मस् ग्यालरीको ब्यानरमा निर्माण हुने यो चलचित्रको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा शुभ मुहूर्त गरिएको छ ।

कमेडी, लभ र एक्सन प्रधान भनिएको चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । कला राई निर्माता रहेको ‘भिमसेन’ मा अभिनय गर्ने अधिकांश नयाँ कलाकारहरु छन् ।

संगीत बाँनिया, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, राजन महर्जन लगायतका कलाकारहरुको चलचित्रमा प्रमुख भूमिका रहनेछ ।

काठमाडौं आसपासमा छायांकन हुने चलचित्रको द्वन्द्व निर्देशनको जिम्मेवारी राजु किराती राईले सम्हालेका छन् । राजन ढंगेलको कथा रहेको ‘भिमसेन’ मा पुस्कर सुनुवारको संगीत, पवन गौतमको छायांकन र अनिल महर्जनको सम्पादन रहनेछ ।