रुस्लान भोड्काको स्पोन्सरमा शत्रु गतेले थाल्यो मोफसल टुर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, फागुन २३

चैत ९ गतेलाई प्रर्शन मिति कन्फर्म गरिएको यस वर्षको प्रतिक्षीत चलचित्र शत्रु गतेले मोफसल टुर सुरु गरेको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उद्देश्यले चलचित्रको मोफसल टुर आरम्भ गरिएको हो । टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहेका छन् ।

टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौंडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका छन् । तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने, यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।