साहित्यकार इन्द्रबहादुर राईको निधन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, फागुन २३

साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतीय नेपाली भाषी साहित्यकार ९३ वर्र्षीय राईको मंगलबार अपरान्ह भारतको दार्र्जीलिङमा निधन भएको हो ।

राई लामो समयदेखि विरामी हुुनुहुन्थ्यो । १९८४ साल माघ १७ गते दार्र्जीलिङको बालासन खोलाको बगरमा जन्मिएका राई साहित्यमा आयामेली आन्दोलनका सर्जक तथा लीला लेखनका अगुवा तथा नेपाली वाङ्मयका मुर्धन्य साहित्यकारमा गनिनुहुन्छ ।

राईका ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘सम्पुरक’ लगायतका कृति छन् । नेपाली भाषालाई भारतीय संविधानमा राष्ट्रभाषाको दर्जा दिलाउने भाषिक अधिकार आन्दोलनमा पनि राईको उत्तिकै योगदान रहेको छ ।