कीर्तिपुर बाल साहित्य महोत्सव १९ फागुनमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, फागुन १४

कीर्तिपुर नगरपालिका, कथालय प्रकाशन,बाल कला संग्रहालय र क्रिएटिभ एकेडेमीको संयुक्त आयोजनामा ’कीर्तिपुर बाल साहित्य महोत्सव’को आयोजना हुने भएको छ ।
फागुन १९ गतेदेखि हुने महोत्सवमा पुस्तक प्रदर्शनी, म्याजिक शो, नाटक, सांगीतिक कार्यक्रम, रोबर्टिक्स, कला प्रदर्शनी, कार्टुन क्यारेक्टरहरुको परेड, खेलहरु, फोटो स्ट्यान्ड र डिजिटल लर्निङ प्रमुख आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

यसका साथै बालबालिकाहरुको सिकाईमा आधारित कार्यक्रमहरु जस्तै कथालेखन, कथा बाचन, कविता कर्नर, भिडियो मेकिङ, चित्रकला कार्यशाला, स्रष्टासंग संवाद लगाएतका कार्यक्रम रहेका छन्।

को को आउँदैछन महोत्सवमा?

प्रसिद्ध लेखक नयनराज पान्डे, कृष्णदिप शिग्देल; प्यानल डिस्कसनको लागि बेथ ब्रिउस्टर; कथा लेखनको लागी धुर्व घिमीरे र यशु श्रेष्ठ; गायक सुगम श्रेष्ठ, सांगितिक समूह 1974 एडि ब्यान्ड; कलाकार मनोज केसी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगाएत ४० जना भन्दा बढि बाल साहित्यका स्रजकहरुको उपस्थिति रहने छन्।

कुन स्थान प्रवेश शुल्क कति लाग्छ?

यो नाफा रहित सामाजिक कार्य भएकोले प्रवेश निशुल्क रहेको छ। महोत्सव क्रिएटीभ एकेडेमीको परिसरमा आयोजना हुने जनाईएको छ। इच्छुक जो कोहिले विहान १० बजेदेखी साँझ ५ बजेसम्म महोत्सवको लाभ लिन सक्नेछन। सामाजिक कार्यमा इच्छुक संघ-संस्थाहरु तथा व्यक्तिहरुले यसको प्रायोजन पनि गर्न सक्नेछन।