सपनीमा आउनेलाई यसरी सम्हाल्छिन प्रियंका कार्की

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, फागुन १०

नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् ।

मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ ।

महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो अत्यन्त उत्कृष्ट बनेको छ । भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको छ ।