वार्षिक १८ करोडभन्दा बढी गुलाबको कारोबार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, फागुन २

बीउमा पूर्ण रूपमा परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्यधिक हुने गरेको छ । नेपालमा वार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । नेपालमा गुलाब फूलको बीउका रूपमा ससानो बिरुवा आयात हुन्छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यानका अनुसार सबै प्रकारका गरी नेपालमा वार्षिक १० अर्ब मूल्यबराबरको फूलको बीउ आयात हुन्छ । यसमध्ये करिब ४ प्रतिशत गुलाबको बीउको हिस्सा पर्छ ।

फ्यानका अनुसार सामान्य दिनमा देशभर पाँच हजारको संख्यामा विभिन्न रंगका गुलाब फूलको स्टिक तथा स्टिमको खपत हुन्छ। यसरी हेर्दा वर्षभरिमा करिब १८ लाख २५ हजार थान स्टिम र स्टिक देशभर खपत हुन्छ ।

एक थान स्टिक र स्टिम गुलाब फूललाई उपभोक्ता मूल्य सय रुपैयाँ तोकिएको छ । यसरी वर्षभरमा १८ करोड २५ लाख मूल्यबराबरको गुलाब फूलको मात्रै कारोबार हुन्छ ।