‘प्रणय दिवस’ बजारमा गुलाव अभाव

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, माघ २६

नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ। प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।

उनका अनुसार यो वर्ष २ लाख २० हजार स्टिक गुलाबको माग छ। माग मध्ये ५० हजार स्टिक गुलाब स्वदेशमा उत्पादन भएको छ।गुलाव फूलको उत्पादन र फूल लगाउने क्षेत्रफल बढ्दै गए पनि माग धेरै हुँदा भारतबाटै आयात गर्नु पर्ने बाध्यता रहेको उनले बताए।

गएको वर्षको तुलनामा यो वर्ष गुलाब केही महँगो हुने भएको छ। पोहोर भन्दा यसपालि १० देखि १५ प्रतिशतले गुलाब महँगो हुने र उपभोक्ताले एउटा गुलाबको फूल एक सय रुपैयाँसम्ममा पाउने उनले बताए।