आईएसका दुई खतरनाक हत्यारा पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, माघ २६

इस्लामिक स्टेट आईएस मा आवद्ध रहेर मानिसहरुको शीरच्छेदनमा संलग्न रहेका दुई ब्रिटेनी सदस्यलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरुले दावी गरेका छन्।

तर ब्रिटेनको विदेश विभागले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन्।

ती दुई जनालाई सिरियाका कुर्दिश लडाकूले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा एलेक्जेन्ड्र कोटे र अल शफी अल शेख रहेको बताइएको छ।

उनीहरुको ग्याङ्गमा चार सदस्य रहेको बताइन्छ। लण्डन निवासी उनीहरुले आफ्नो ग्याङ्गको नाम ‘बीटल्स’ राखेका थिए।

यिनीहरुले नै पश्चिमा देशका २७ भन्दा बढी बन्धकको शीर काटेर हत्या गर्नुका साथै चरम यातना दिएका थिए। यस समूहको मास्टरमाण्ड भने मोहम्मद एम्वाजी रहेको र उनलाई ‘जिहादी जोन’ नामले पनि चिनिने जनाइएको छ।

जिहादी जोन भने सिरियामा सन् २०१५ मा भएको हमलामा मारिएका थिए। यस समूहका अन्य एक संदिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा पक्राउ गरी जेलमा राखिएको छ।