मिस इकोमा लामाको सहभागिता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौंँ, माघ १८

आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ ।

मिस इकोका लागि अधिकारप्राप्त संस्था ग्रिन आर्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रवीण लाकौलले लामाले विश्वका ८० राष्ट्रका सुन्दरीसँग प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित कार्यक्रममा दिनुभयो । कार्यक्रममा लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’ को ताज गत वर्षकी नेपालकी विजेता रोनाली अमात्यले पहिराउनुभएको थियो ।

यसअघि सो प्रतियोगितामा प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ र अमात्यले सहभागिता जनाइसक्नुभएको छ । पर्यटन र सुन्दरतासम्बन्धी प्रतियोगिताका विभिन्न प्रारम्भिक चरणको छनोटपछि लामा यस वर्षको ताज पहिरिन सफल हुनुभएको हो । कपन बस्ने १८ वर्षीया लामा विज्ञान विषय लिएर दश जोड दुईमा अध्ययनरत हुनुहुन्छ ।

लामाले आफूले नेपालको सांस्कृतिक पहिरन लिएर सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान लिएर प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।