बाढी पीडितका लागि मोरङ समाजमार्फत जितुले हस्तान्तरण गरे ५१ हजार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

हाँस्य कलाकार जितु नेपालले तराईका बाढी पीडितका लागि भन्दै सोमबार सामाजिक सञ्जालमार्फत ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आफूले सामाजिक सञ्जालमर्फत जनाएको प्रतिबद्धता उनले पूरा पनि गरेका छन् । मंगलबार मोरङ समाज मार्फत जितुले बाढी पीडितका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत जनाएको प्रतिबद्धता पूरा गरेको जानकारी उनले सामाजिक सञ्जालमार्फत नै दिएका छन् । जितुले सहयोग रकम हस्तान्तरण गर्दै गर्दाका केही तस्बिरहरु सेयर गरेका छन् ।

cash
मोरङ समाजका अध्यक्षले मंगलबारबाट बाढी प्रभावित भएका ३÷४ ठाउँमा निशुल्क भोजन शुरु गरिएको जानकारी दिएको भन्दै जितुले आफूले सहयोग गरेको रकम पनि यहि कार्यमा लगाईने उल्लेख गरेका छन् ।
आफूले सहयोग रकममा भावना जोडिएको र अहिले सम्पूर्ण नेपालीहरुमा यस्तै भावना पैदा हुनु पर्ने जितुले उल्लेख गरेका छन् ।