तीजको मौलिक संस्कृति बचाउनुपर्छः राष्ट्रकवि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, २७ साउन

राष्ट्रकवि माधवप्रसाद घिमिरेले तीजको धार्मिक र सांस्कृतिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन्।

पेशागत महासंघ नेपाल, महिला राष्ट्रिय समितिले आज हरितालिका तीज २०७४ को अवसर आयोजना गरेको कार्यक्रममा उनले तीजको मूल्यमान्यतालाई वैज्ञानिकीकरण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

आफ्नी जीवनसंगिनी महाकालीसँगै कार्यक्रममा आउनुभएका राष्ट्रकवि घिमिरेले “तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौती” विषयको वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरे।

कार्यक्रममा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेयालले तीजका अवसरमा सम्पूर्ण श्रमिक महिलालाई शुभकामना दिए। सो अवसरमा तीजविशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । रासस