गान्धीको आध्यात्मिक दर्शमा आधारित ‘युगपुरुष महात्मा के महात्मा’ राजधानीमा प्रर्दशन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक संवाददाता
काठमाडौं, साउन १४

महात्मा गान्धीको आध्यात्मिक मार्गदर्शनमा आधारित ‘युगपुरुष महात्मा के म महात्मा’ नामको नाटक मञ्चन राजधानीमा भएको छ।

महात्मा गान्धीको आध्यात्मिक दर्शनमा आधारित उक्त नाटक भारतीय सन्त एवं आध्यात्मभानु श्रीमद् राजचंद्रजीद्धारा अत्यन्त हृदयस्पर्शी र रोमाञ्चक ढंगले व्यक्त दर्शनमा आधारित उक्त नाटकको निःशुल्क प्रदर्शनी राजधानीको प्रज्ञाभवनमा शनिबार भएको हो।

राजेश जोशीद्धारा निर्देशन गरिएको र उत्तम गडद्धारा लिखित तथा सचिन जिगरको संगीत रहेको उक्त नाटकमा मुम्बइका ३० जना कलाकारले अभियन गरेका छन्।

उक्त नाटक २ सय ५० दिनमा २ सय ४८ सहरमा ७ सय ११ हाउसफुल शो भइसकेको नाटक प्रस्तुतिका आयोजकहरुले बताएका छन्।