रणबीर कपूरको जग्गा जासूस हेर्न नपाएकोमा आमिर खान दुःखी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
मुम्बर्इ, असार ३१

वलिवुड सुपरस्टार रणबीर कपूरको शुक्रबारमात्रै रिलीज भएको फिल्म जग्गा जासूसले भारतीय चलचित्र क्षेत्रका अन्य हस्तीहरको प्रतिक्रिया तान्न सफल भएको छ।

रणबीर कपूरको उक्त फिल्म देख्ने अवसर नपाएकोमा अर्का सुपरस्टार आमिर खानले सबै भन्दा बढी दुःखी भएको बताएका छन्।

आफ्नो ट्वीटरमार्फत खानले भनेका छन्, ‘म आज दुःखी छ यसमानेमा कि म देशमा नहुँदा जग्गा जासूस देख्न पाइन। आशा छ कि यो फिल्म लामो समयसम्म चल्ने छ।’

आमिर खानको यो भनाईले उनी स्वदेश फर्किए लगत्तै जग्गा जासूस हेर्ने छन्।

हाल आमिर खान ठग्स अफ हिन्दोस्तानको शूटिङका लागि माल्टामा रहेका छन्।

धेरै समय लगाएर रिलीज भएको रणबीर कपूरको जग्गा जासूसलाई खासगरी बच्चाले बढी मन पराइरहेका छन्। रणबीरले यो फिल्ममा आफ्नो मेहनत लगाएको प्रष्ट झल्किएको भारतीय संचार माध्यमले जनाएका छन्।

आमिर खानको चर्चित फिल्म ‘पीके’ मा रणबीर कपूर गेस्टको रुपमा देखिएका छन्।

आमिरले यसअघि पनि धेरै पटक रणबीर कपूरको प्रशंसा गर्दै आएका छन् भने रणबीर कपूरले आफ्नो खराव समयमा पनि आमिर खानले हौसला दिएको बताउँदै आएका छन्। (एजेन्सी)