आसाममा बाढीबाट १७ लाख ५० हजार जना प्रभावित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
नयाँ दिल्ली, असार ३१

भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीको कारण १७ लाख ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

सो राज्यमा अवस्थित ३३ वटा जिल्लामध्ये २६ जिल्लामा हाल बाढीको प्रकोप जारी नै छ । यसबाट प्रभावित भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सो राज्यका २९ हजार व्यक्ति १२३ वटा शिविरमा बसोवास गर्दै आएका छन् । यस बाढीका कारण ५२ व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यसैगरी प्रकोपको कारण ३२ वटा बन्यजन्तु समेत मरेका सरकारद्वारा सञ्चालित रेडियो सेवा अल इन्डिया रेडियो (एआइआर)लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् ।

आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतका स्थानमा पनि सो बाढीको पानीले गलमग्न भएको समाचारमा जनाइएको छन् ।

थप प्रहरी बलको सहयोगबाट प्रभावित इलाकामा ९० चौपायाको भने उद्धार गरिएको छ । आसाममा मनसुनी वर्षाको समयमा वर्षेनी बाढीबाट प्रभावित हुनुपरेको छ । रासस÷सिन्ह्वा