राजपा अध्यक्ष ठाकुर प्रधानमन्त्रीसँग वार्तामा व्यस्त

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक संवाददाता
काठमाडौं, असार ७

प्रधानमन्त्री शेरबहादुर देउवा र आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बीच वार्ता सुरु भएको छ।

बुधबार बिहान ११ बजेतिर राजपा अध्यक्ष मण्डलका नेता ठाकुर अर्का नेता अनिल झालाई लिएर प्रधानमन्त्री कार्यालय सिंहरदबारमा प्रधानमन्त्री देउवासँग कुराकानी गर्न पुगेका हुन्।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा असोज २ गते गर्ने र बाँकी ३ प्रदेशमा असार १४ गते नै गर्ने निर्णय गरेपछि आक्रोसित बन्दै आन्दोलन चर्काउने घोषणा गरेको राजपा नेताहरुलाई सरकार र सत्तारुढ दलहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन्।

त्यसको बाबजूद निर्वाचन बहिष्कार गर्ने पार्टी नेतृत्वको निर्णयलाई चुनौति दिँदै कतिपय जिल्लामा राजपाका नेता कार्यकताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि पार्टी नेतृत्व संकटमा परेको छ।