बिहिबार मध्यरातदेखि मौन अवधि शुरु, प्रचार प्रसारमा रोक

वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा सहभागी उम्मेदवारहरुले बिहिबार राती १२ बजेदेखि प्रचार प्रसार गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले तय गरेको निर्वाचन कानुन तथा आचार संहिताको व्यवस्था अनुसार, आज मध्यरातदेखि आइतबार साँझ निर्वाचन सम्पन्न नहुँदासम्मको अवधिलाई मौन अवधि घोषणा गर्दै आयोगले प्रचार प्रसारमा रोक लगाएको हो।

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक संवाददाता
वैशाख २८, काठमाडौं

वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा सहभागी उम्मेदवारहरुले बिहिबार राती १२ बजेदेखि प्रचार प्रसार गर्न नपाउने भएका छन्।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कानुन तथा आचार संहिताको व्यवस्था अनुसार, आज मध्यरातदेखि आइतबार साँझ निर्वाचन सम्पन्न नहुँदासम्मको अवधिलाई मौन अवधि घोषणा गर्दै आयोगले प्रचार प्रसारमा रोक लगाएको हो।

उक्त अवधिमा कुनै पनि राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएका वा स्वतन्त्र उम्मेदवार बनेका व्यक्तिदेखि कुनै पनि दलको नेता र कार्यकर्ता वा शुभचिन्तकले आफ्नो उम्मेदवारको पक्ष विपक्षमा कुनै पनि प्रचार प्रसार गर्न नपाउने भएका हुन्।

विगतमा जस्तै निर्वाचन आयोगले तोकेको मौन अवधिमा चुनावी सभा, घरदैलो कार्यक्रममा गर्न निर्वाचन आचार संहिताले प्रतिबन्द लगाएको छ। यस अतिरिक्त पछिल्लो समय आम मानिसले प्रचलनमा ल्याएका फेसबुक, ट्वीटर, भाइवर, एस. एम. एस. र यूटुव जस्ता सामाजिक सञ्जाल मार्फत हुँदै आएको प्रचार प्रसारमा पनि आयोगले रोक लगाएको छ।

उक्त अवधिमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गरेमा आयोगले कानुन बमोजिम दोषीउपर कारबाही गर्न सक्ने आयोगलाई अधिकार रहेको छ।